काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटमा सत्तारुढ गठबन्धनलाई थप बलियो र विश्वासको वातावरण बनाउँदै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् ।देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दर्ता प्रक्रिया पूरा भएकाले अब केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने देउवा निकट एक नेताले बताए ।गएको २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका देउवाले एक सातामै संसदमा विश्वासको मत लिए । तर मन्त्रिपरिषद्मा विश्वासको मत दिने दल र सांसदहरुलाई समेट्ने चक्करमा देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नवगठित माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एस० ले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी हुने वा नहुने टुंगो लागेको छैन ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डवीच भेटवार्ता, सरकारलाई पूर्णता दिनेबारे छलफल
प्रतिक्रिया