सशस्त्र प्रहरीले खोल्यो विभिन्न पदमा भर्ना, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं , ११ भदौ ।  सशस्त्र प्रहरी बलले विभिन्न रिक्त रहेका पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ ।

शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,२२३ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ भने निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ जना माग गरिएको हो ।

त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति