काठमाडौं, भदौ ११ । पश्चिम नवलपरासीका झरही, तुरिया र पानभार खोलामा आएको बाढीले २ सयभन्दा बढी घर डुबानमा परेका छन् । सयौं बिघा खेतीमा बाढीले क्षति पुर्याएको छ । सदरमुकाम परासीमा झरही खोला बस्ती पस्दा १ सयभन्दा बढी घर जलमग्न भएका छन् । मुख्य बजारको सडकमा खोला पसेपछि पसल तथा उद्योगमा समेत क्षति पुगेको छ ।यस्तै, जिल्लाका सुनवल, बर्दघाट, सरावल, प्रतापपुर र सुस्ता क्षेत्रमा पनि १ सयभन्दा बढी घर डुबेका छन् । बाढीले सुनवलस्थित महेन्द्र राजमार्गको डाइभर्सनमा क्षति पुर्याउँदा यातायात बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख दीपेश बस्यालले बताए । सुनवलको तुरिया पुलमा पनि क्षति पुगेको छ ।डुबान र कटान भएका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर उद्धारकार्य थालिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । बाढीले अहिलेसम्म मानवीय क्षतिको विवरण नरहेको प्रशासनले जनाएको छ ।यसैवीच जवलपुरमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चारघरे रुम्सीमा पहिरोले हस्तबहादुर पुलामीको घर पुरिदा पुलामीकी श्रीमिती र २ छोरीहरु बेपत्ता भएका हुन् ।बेपत्ता भएकाहरुको खोजिकार्य भैरहे पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको पुर्बी नवलपरासीका प्रहरी प्रमुख प्रकाश मल्लले जानकारी दिए । मल्लले घट्ना स्थलमा प्रहरीको टोली पुगीसकेको बताउदै खोजी कार्य भईरहेको बताए थप बिबरण आउन बाकी रहेको मल्लले बताए ।
नवलपरासीका २ सयभन्दा बढी घर डुबानमा : पहिरोले घर पुरिदा एकै परिवारका तीनजना वेपत्ता
प्रतिक्रिया