पछिल्लो विश्वभर २४ घण्टामा ७ लाख ३ हजार संक्रमित थपिए, ५ लाख ७७ हजार निको

काठमाडौं , ११ भदौ । काठमाडौँ– विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेभन्दा संक्रमण हुने दर बढेको छ ।

बितेको २४ घण्टाको तथ्यांक हेर्दा ७ लाख ३ हजार १६ जनामा नयाँ संक्रमण देखिएको छ । सोही अवधिमा ५ लाख ७७ हजार ९४१ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २१ करोड ५४ लाख २४ हजार ३८४ पुगेको छ ।

अहिलेसम्म ४४ लाख ४७ हजार २५७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र १० हजार ६४५ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति