कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई खोप

काठमाडौं, १० भदौ । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहमा अध्ययनरत विद्यार्थीका लागि खोप उपलब्ध गराउने प्रबन्ध मिलाइएको जानकारी दिए ।अठार वर्ष वा सोभन्दा बढी उमेर समूहका सबै परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेशपत्रसहित तोकिएको खोप केन्द्रबाट खोप सेवा लिनहुन अनुरोध गरिन्छु, उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विद्यार्थीलाई खोप लगाउन आवश्यक सहयोग गर्न हुन शैक्षिक र स्वास्थ्य संस्थालाई अनुरोध गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति