काठमाडौं, १० भदौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको तदर्थ संगठन गठन बनेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी प्रेस नेपाल गठन भएको हो । शम्भु श्रेष्ठको संयोजकत्वमा तदर्थ संगठन बनेको विश्वमणि सुवेदीले जानकारी दिए । एमाले निकट प्रेस चौतारी नेपालका उपाध्यक्ष सुवेदीकै अध्यक्षतामा भएको भेलाले तदर्थ संगठन बनेको छ । उक्त भेलामा अध्यक्ष नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, विजय पौडेल, पत्रकार बालकृष्ण चापागाइँ, किशोर श्रेष्ठ लगायतको सहभागिता थियो ।
माधव निकट प्रेस संगठनको संयोजक शम्भु श्रेष्ठ
प्रतिक्रिया