पार्टीबाट माधव नेपाललगायतको अभिलेख हटाउने, आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने एमालेको निर्णय

काठमाडौं, १० भदौ । आज तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ उनले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’ पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीले बताए।

पार्टीले सांसदबाट हटाउन सूचना दिए पनि सभामुखले सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको प्रवक्ता ज्ञवालीले बताए। साथै उनले अध्यादेश संविधानविपरीत रहेको र स्थानीय तहका प्रमुखलाई दल त्याग गर्न सक्ने व्यवस्था राखेकोमा पनि विरोध गरेका छन्।

आजको बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। त्यसका लागि सहजीकरण गर्न महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति