काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन्।वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बसम्मत रुपमा चयन भएका हुन्।उनलाई आजै प्रदेश १ को मुख्यमन्त्री बनाइँदैछ। यसअघि माधवकुमार नेपाल समूहमा लागेका उनी एमालेमै बसेपछि प्रदेश १ को मुख्यमन्त्री हुन लागेका हुन्। आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो शपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गरे ।
भीम आचार्य प्रदेश १ एमाले दलको नेता चयन
प्रतिक्रिया