तालिबानले बनायो ‘फतेह फोर्स’ कारण यस्तो

काठमाडौं,९ भदौ । अफगानिस्तानको काबुल सहरस्थित हाइ प्रोफाइल क्षेत्रको सुरक्षा गर्नका लागि तालिबानले एउटा नयाँ सुरक्षा दस्ता बनाएको छ ।

केही चरमपन्थी समूहले काबुल सहरको व्‍यवस्थामाथि चेतावनी दिएपछि तालिबानले नयाँ सुरक्षा दस्ता बनाएको हो । तालिबानको अरबी भाषाको एक ट्वीटर एकाउन्टमार्फत नयाँ सुरक्षा दस्ता ‘फतेह फोर्स’ बनाइएको जानकारी दिइएको हो । उक्त ट्वीटमा लेखिएको छ, ‘फतेह वाक अर्थात विजेता फोर्स । यो सुरक्षा फोर्सले काबुल सहरमा निगरानी गर्न सुरु गरिसकेको छ ।’ पोस्ट गरिएको उक्त तस्वीरमा हतियार बोकेका सैनिकहरु आफ्नो सुरक्षा बहानका साथ देखिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति