न्यायालयको विकृतिबारेको प्रतिवेदन सर्वोच्चले सार्वजनिक गर्‍यो

काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले न्यायालयको विकृतिका सम्बन्धमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको छ। सर्वोच्चको बुधबार बसेको पूर्ण बैठकको निर्णय अनुसार प्रतिवेदन सार्वननिक गरिएको हो। सर्वोच्चले यसबारे विज्ञप्ति निकालेर जानकारी दिएको छ।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले न्यायालयमा रहेको विकृति,अनियमितता,भ्रष्टाचार लगायतका क्रियाकलापको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारको थियो। पूर्ण बैठकको निर्णयसँगै प्रतिवेदन सार्वजनिक गरी सर्वोच्च अदालतको वेभसाइटमा राखिएको छ। बैठकले प्रतिवेदन कार्यान्वयनका लागि मातहतका न्यायिक निकायमा पनि पठाउने निर्णय समेत गरेको सह प्रवक्ता देबेन्द्र ढकाल जानकारी दिएका छन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति