पंजशीरका लडाकुसँग तालिबानले वार्ता गर्ने

काठमाडौं, ९ भदौ । अफगानिस्तानको राजधानी काबलुसमेत कब्जा गरेको इस्लामिक कट्टरपन्थी तालिबानले कब्जामा लिन नसेकेको काबलु नजिकैको पंजशीर उपत्यकाका लडाकुहरुसँग वार्ता गर्ने जनाएको छ।तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, ‘हामीले पंजशीरका आफ्ना भाइहरुसँग वार्ता गर्न आह्वान गरेका छौँ।’

उनले पंजशीरका जनतामा केही समस्या रहेको भन्दै ती विषयमा वार्ता गर्न प्रतिनिधिमण्डल पठाउने तयारी गरिएको जानकारी दिएका छन् ।पाकिस्तानी अंग्रेजी पत्रिका ट्रिब्यूनले तालिबान र पंजशीरबारे वार्ताको पहल भइरहेको समाचार प्रकाशित गरेको छ ।

तालिबानको सांस्कृतिक आयोगका एक सदस्य मुफ्ती अनामुल्ला समांगानीले वार्ताका लागि निकै गम्भीर प्रयास भइरहेको बताएका छन् । उनले तालिबान प्रतिनिधिमण्डलले अहमद मसूद र पंजशीर मामिलाका सरोकारवाला अन्य नेताहरुसँग पनि वार्ता गरिने बताएका छन् ।अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार हालका दिनहरुमा पंजशीरको अवस्था तनावपूर्ण रहेको छ । तालिबान लडाकुहरुले पंजशीर कब्जा गर्ने प्रयास गरेपछि पंजशीरका लडाकुले उनीहरुलाई रोकिदिएको जनाइएको छ । पंजशीरका लडाकुहरुसँगको भिडन्तमा तालिबानले क्षति बेहोरेको दावी गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति