एकीकृत समाजवादीको पक्षमा खनालले गरे दूतावासमार्फत सनाखत

काठमाडौं, ९ भदौ । भारतको नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।
बुधबार निर्वाचन आयोगले उक्त पार्टीको दर्ताका लागि सनाखत गर्न आउन भनेको थियो । अध्यक्ष माधव नेपाललगायतका नेताहरू भने सनाखतका लागि आयोगमा पुगेका थिए ।निर्वाचन आयोगले सुरुमा सनाखतका लागि सशरीर आयोगमा उपस्थित हुनुपर्ने बताएको थियो । तर, बिरामी रहेका खनालले भने दूतावासमार्फत सनाखत गराएका हुन् ।त्यस्तै एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले बामदेव गौतम पनि आफूहरूकै पार्टीमा आउने दावी गरेका छन् ।गौतमले एमालेको उपाध्यक्षबाट राजीनामा दिएर एकीकृत समाजवदीमा आउने उनको भनाइ थियो । दल दर्ताका लागि सनाखत गरेपछि बास्कोटाले यस्तो बताएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति