केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए : अध्यक्ष ओली

काठमाडौं, ९ भदौ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अनेकौँ कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् ।‘मेरो समयमा पार्टी प्रमुख भएकाले मैले बचाउने कोशिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु’, ओलीको भनाइ छ । उनले आफुले पढाएका सवै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल हुन स्वभाविक भएको बताए । ‘मैले पढाएका विद्यार्थी सय प्रतिशत ल्याउन भन्ने चाहान्छु तर कोही कोही फेल भए’, ओलीले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति