काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि हस्ताक्षर सनाखत गर्न माधवकुमार नेपालहरु निर्वाचन आयोग पुगेका छन् ।
पार्टीका अध्यक्ष नेपाल लगायतका नेता तथा सांसदहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् ।
दुई दिनदेखि चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकका लागि बसेका नेताहरू टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका छन् ।
नेता नेपाल उनको पार्टीका स्थायी समतिसदस्यहरुसंगै अग्रपंक्तिमा रहेर बसबाट आयोग पुगेका हुन् ।
प्रतिक्रिया