१४ सांसदको बारेमा निर्वाचन आयोगलाई संसदले दियो यस्तो जवाफ

काठमाडौँ, भदौं ८ । संघीय संसद सचिवालयले १४ सांसदलाई पदमुक्त गर्न नेकपा एमालेले दिएको सूचना विचाराधीन रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ ।संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले २ भदौमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

उनले एमालेका ५७ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । उनीहरुको सनाखत गर्नुअघि आयोगले एमाले सांसदहरुको विवरण उपलब्ध गराउन संसद सचिवालयलाई आग्रह गरेको थियो ।

सचिवालयले सोमबारनिर्वाचन आयोगलाई जवाफी पत्र पठाएको छ, जसमा सांसदहरुको विवरण आयोग स्वयंमले आफूलाई उपलब्ध गराउने गरेको स्मरण गराइएको छ । साथै नेकपा एमालेले दल त्यागसम्बन्धी सूचना दर्ता गराएको र त्यो विचाराधीन रहेको बताएको छ ।एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयलाई पत्र लेखेको थियो ।

यसबारे सभामुखले कुनै निर्णय लिएका छैनन् । एमालेले भने उनीहरुलाई तत्काल पदमुक्त गर्न दबाव दिएको छ ।सोमबार मात्र पनि एमालेले आफूले कारबाही गरेकाहरुलाई भोलि मंगलबारको सनाखत प्रक्रियामा सहभागी नगराउन आयोग समक्ष माग गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति