सेयर खरिद गरेर विवादमा तानिएका साउदले राजीनामा दिए

काठमाडौं, ८ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।

सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका साउदले राजीनामा दिएका हुन्।

नेप्सेको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा साउदले आफूले पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको तर अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिएको बताएका छन्। नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको थियो। साउदलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। साथै, अर्थ समितिमा उनलाई हटाउनुपर्ने माग उठेको थियो। उनलाई बर्खास्त गरेर अनुसन्धान गर्नुपर्ने सांसदहरुको राय थियो। साउदको कार्यकाल दुई महिना बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति