१४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै एमालेले गरायो निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं, ८ भदौ ।  नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली आज आयोगमा पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको हो ।

एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।आयोगबाट फर्केपछि एमाले नेता खरेलले सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने बताए । एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।उनीहरू पार्टी सदस्यबाट निष्कासनमा परेको पत्र निर्वाचन आयोगमा समेत सोही दिन बुझाइएको थियो । नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताका निवेदन दिएका थिए ।

पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने खरेलले बताए । १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् ।त्यस्तै एमालेले जसले दल विभाजनको बेला हस्ताक्षर गरेका छन् उनीहरूको मात्र सनाखत हुनुपर्ने र व्यक्ति आफैं उपस्थित भएर गरेको सनाखत मात्र मान्य हुने बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति