नेपालका सबै नेता भारतसँग सुदृढ सम्बन्ध चाहन्छन्– चौथाइवाले

काठमाडौं, ८ भदौ ।  नेपाल भ्रमणमा रहेका भारतीय विदेश विभाग प्रमुख विजय चौथाइवालेले आफूले भेट गरेका सबै राजनीतिक दलका शीर्ष नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेको बताएका छन् ।आइतबार नेपाल भ्रमणमा आएका उनले आइतबार र सोमबार नेपालमा प्रमुख राजनीतिक दलहरुसँग भेटवार्ता गरेका छन् । आज पनि उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आफ्नो भेटबारे एक संक्षिप्त प्रेस नोट सार्वजनिक गर्दै चौथाइवालेले नेताहरुसँग फरक र विविधता रहेपनि एउटा साझा विषय चाहिं सबै नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको धारणा व्यक्त गरेको बताएका छन् । नेपालका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपक्षीय सम्बन्ध राम्रो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

उनले भनेका छन, ‘सबै नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत र नेपाल बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धताको प्रशंसा गरे ।’उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेशवादी नेता महन्थ ठाकुरसँग भेट गरिसकेका छन् ।भेटवार्तामा दलहरुले पार्टी-पार्टी बीचको सम्बन्ध सौहार्द्ध बनाउने प्रतिवद्धता व्यक्त गरेको पनि उनले उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति