खगेन्द्र संग्रौलाले भने –एमालेका दोस्रो पुस्ता नेता विचारमा टाट, नैतिकता च्युत भएका पत्रु हुन

काठमाडौं, ८ भदौ । वरिष्ठ नेता माधव नेपालले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) गठन गरिसक्दासमेत एमालेका दोस्रो पुस्ताका केही नेता अझै पार्टी एकताको प्रयास गरिरहेका छन्।माधव नेपाललाई साथदिँदै विगतमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट खसाल्ने भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, गोकर्ण बिष्ट लगायतका नेताहरु अहिले ओलीसँगै मिल्न गएको भन्दै लेखक खगेन्द्र संग्रौलाले व्यंग्यात्मक टिप्पणी गरेका छन्।

‘इष्टदेव ओलीलाई गद्दीबाट खसाले, ‘वर्ग शत्रु’ देउवालाई गद्दीमा बसाले। र आत्महीन मुद्रामा ओली प्रवृत्तिमै घुलित भए,’ नागरिक आन्दोलनका अगुवासमेत रहेका संग्रौलाले मंगलबार बिहान ट्वीटरमा लेखेका छन्, ‘दोस्रो पुस्ता होइन, यी पत्रु पुस्ता हुन्। विचारमा टाट, नैतिकमा च्यूत, भिजनमा ठिस। अब ओली प्रवृत्तिको कमाण्डमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई जमठ बनाउने होलान्। हरेराम ’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति