माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र बीजेपीका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, ७ भदौ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतको सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच सोमबार भेटवार्ता भएको छ । प्रचण्ड निवास ललितपुर खुमलटारमा भएको भेटवार्तामा दुई मुलुकबीचको संवादलाई अघि बढाउने र द्धिपक्षीय सम्बन्ध बलियो बनाउने बारे छलफल भएको चौथाइवालेले जानकारी दिएका छन् । हामीबीच विभिन्न विषयमा खुला र सौहार्दपूर्ण छलफल भयो’ चौंथाइवालेले ट्वीटमा लेखेका छन्, ‘हामी दुबैजना संवादलाई अघि बढाउँदै द्धिपक्षीय सम्बन्धलाई बलियो बनाउन सहमत भएका छौं ।’

चौथावाईवालेसंगको भेटवार्ताका बारेमा प्रचण्डले भने दुई देशी सम्वन्ध र समस्याका बारेमा खुला कुरा भएको बताए । चौथाइवालेले दुई देशीय ससम्वन्ध मजबुत बनाउन पार्टी स्तरमा समेत सम्वन्ध विकास हुन सके कुटनीतिक सम्वन्धमा थप योगदान हुने धारणा राखेका थिए । चौथाइवाले भरतीय जनता पार्टीका तर्फबाट नेपाल ससम्वन्धलाई विशेष महत्व दिने नेता हुन् । उनले सत्तारुढ भारतीय जनता पार्टीका अतिरिक्त प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश मामिलाको मसमेत प्रतिनिधित्व गर्दछन् ।

आइतबार काठमाडौं आइपुगेका उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गरेका थिए। आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि दुई पक्षीय सम्वन्धका बारेमा छलफल गरेका थिए ।
समोबार विहान उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र मधेशी नेता महन्थ ठाकुर संग पनि भेटवार्ता गरेका थिए । चौथाइवाले जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका विद्रोही नेता माधव कुमार नेपाल लगायतसंग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । चौथाइवाले बुधाबार स्वदेश फर्कने छन् ।

चौथाइवालेले आजै नेकपा एमाले अध्यक्ष केपी ओली, प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति