एमालेमै फर्किए कसैमाथि अन्याय हुँदैन – नेता भट्टराई

काठमाडौँ, ७ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ दल दर्ता प्रक्रियामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई पार्टीमै फर्कन आग्रह गरेका छन् ।

आज अध्यक्ष केपी ओलीसँग भएको नेताहरुको छलफलपछि प्रतिक्रिया दिनेक्रममा भट्टराईले पार्टी विभाजनको पक्षमा जान नसकिने बताएका हुन् । उनले विभाजनको पक्षमा नजान सबैलाई आग्रह पनि गरे । त्यस्तै उनले अहिले पार्टी विभाजन गरेर गएकाहरुलाई फर्कन आग्रह गर्दै भने, ‘पार्टीमा फर्किए कसैमाथि अन्याय हुँदैन ।’पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र सोही अनुसारको जिम्मेवारी बाँडफाँट हुने पनि बताए । पार्टीलाई २०७५ जेठ २ को अवस्थामा कसरी फर्काउने भन्ने विषयमा भोलि ११ बजे बस्ने स्थायी कमिटीले टुंगो लगाउने उनको दाबी छ । त्यस्तै असार २७ गतेको छलफल पछि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनको विषयमा पनि भोलिको बैठकमा छलफल हुने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति