एमाले अध्यक्ष ओली र भाजपा नेता चौथाईवालेबीच भेटवार्ता


काठमाडौं, ७ भदौ । नेपालको अनौपचारिक भ्रमणमा रहेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका चौथाईवालेले आज अध्यक्ष ओलीसँग भेट गरेका हुन् । भेटमा नेपाल र भारतबीच द्धिपक्षीय सम्बन्ध कुरा भएको बताइएको छ । नेपाली कांग्रेसको निम्तोमा काठमाडौं आएका चौथाइवालेले अन्य दलका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । चौथाइवालाले बीजेपीको भातृ संगठन स्वयंमसेवक संघ (आरएसएस)ले आज काठमाडौंमा आयोजना गर्ने एक कार्यक्रममा सहभागि हुने जनाइएको छ।

नेपालको चार दिने राजनीतिक भ्रमणमा रहेकाभारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

आइतवार नेपाल आएका चौथाइवालेले सोमवार बिहान ओली निवास बालकोट पुगेर प्रमुख प्रतिपक्षी दलका नेता ओलीसग राजनीतिक छलफल गरेका हुन् ।

बिहान ८ ः४५ मा ओली निवास बालकोट प्रवेश गरेका चौथाइवाले करीब डेढ घण्टा ओलीसंग छलफल गरेका थिए । गत वर्ष ओलीले संसद विघटन गर्नु घि पनि चौथाइवालेले तत्काली प्रधानमन्त्री ओलीसंग लामो छलफल गरेका थिए । तर ओलीले भारतीय पक्षसंग एउटा कुरा र व्यवहार अर्को गरेको भन्ने भारतीय पक्षको बुझाई रहेको छ । तर अ‍ोलीले भारत लगायत अन्य अन्तराष्ट्रिय समुदाय आफ्नो पक्षमा रहेको भन्दै आफ्ना प्रतिद्धन्दीलाई पेल्ने नीति लिएका थिए । अन्तत ओली नै पछि हट्न बाध्य भए ।

चौथाइवालेले यसअघि भारतवाट काठमाडौं आइपुग्ने वित्तिकै आइतवार संझ प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटे वार्ता गरेका थिए ।

सरकार परिवर्तनपछि भाजपाका शीर्ष नेताका तर्फबाट भएको यो नै पहिलो औपचारिक नेपाल भ्रमण हो ।
चौथाइवाले भारतीय विदेश विभागको प्रमुखका साथै नेपाल नीतिका प्रमुख योजनाकार र भारतीय जनतपार्टीका रणनीतिकार समेत हुन् । डा. चौथाइवाले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्याष् पुष्पकमल दाहाल प्रचण्ड, नवगठित पाटीे नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल लगायत मधेश केन्द्रि दलका नेताहरुलाई भेट्ने कार्यअmम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति