काबुलबाट उद्धार अभियानलाई तीव्र पार्न व्यवसायीक विमान प्रयोग गर्ने अमेरिकाको घोषणा

काठमाडौँ, ७ भदौ । अफगानिस्तानबाट मानिसहरुको उद्धारका लागि व्यवसायीक जहाजहरु पनि प्रयोग गरिने अमेरिकाले जनाएको छ ।उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यवसायीक जहाजहरु पनि प्रयोग गर्ने तयारी भएको अमेरिकाले जनाएको छ ।

अफगानिस्तानमा अगस्ट १५ मा तालिबान कब्जा गरेपछि हजारौँ अफगानीहरु देश छोड्न चाहन्छ । उनीहरु काबुल विमानस्थलको बाहिर भिडभाडसहित बसेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार दिएको जानकारी अनुसार एक हप्ताकोबिचमा अमेरिकाले अफगानिस्तानबाट २८ हजार मानिसको उद्धार गरेको छ । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले भने, ‘पीडा तथा तपाईँहरुले देखिनु रहनु भएका हृदयविदारक दृश्य बिना त्यहाँबाट यति धेरै मानिसहरुको उद्धारको सम्भावना छैन । हामीले अझै लामो यात्रा गर्नु छ र त्यस क्रममा गल्तीहरु हुन सक्छन् ।’

Hundreds of people run alongside a U.S. Air Force C-17 transport plane as it moves down a runway of the international airport, in Kabul, Afghanistan, Monday, Aug.16. 2021. Thousands of Afghans have rushed onto the tarmac of Kabul’s international airport, some so desperate to escape the Taliban capture of their country that they held onto an American military jet as it took off and plunged to death. (Verified UGC via AP)

अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको ज्यान गएको छ । केही मानिसको कुचिएर मृत्यु भएको नेटोका अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् । हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच सात अफगान नागरिकले ज्यान गुमाएका छन् । संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि हप्तामा उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् । काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको छ तर यथासम्भव मानिसहरूको सुरक्षित व्यवस्थापन गर्न हामीले सक्दो प्रयास गरिरहेको अमेरिकाले जनाएको छ ।


यता आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सिभिल रिजर्भ एअर फिलिट (सिआरएएफ) सक्रिय पार्ने घोषणा गरेको हो । अफगानिस्तानबाट भइरहेको उद्धारलाई थप सक्रिय बनाउनका लागि यसो गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।यसले आपतकालमा व्यवसायिक विमानहरुलाई परिचालन गर्न स्वीकृति प्रदान गर्छ । अमेरिकाले यो नियमको प्रयोग सन् २००३ मा इराकमा सैन्य अभियान सुरु गर्नु पूर्व र अभियानको क्रममा तथा सन् १९९०–९१ को खाडी युद्धको क्रममा गरेको थियो ।रक्षा मन्त्रालयको वक्तव्य अनुसार अहिले १८ विमानका लागि स्वीकृति प्रदान गरिएको छ । युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र ओम्नी एअरका तीन–तीन तथा हवाइयन एअरलायन्सका दुई विमानले अफगानिस्तानबाट भइरहेको उद्धार अभियानमा भाग लिने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति