माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू

काठमाडौँ, ६ भदौ ।  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडमा शुरू भएको छ । स्थायी समिति सदस्य गणेश साहका अनुसार नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बसेको हो ।

केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसको तयारीबारे पनि छलफल भइरहेको एक नेताले बताए ।

शनिबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा भदौ १ र २ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पारित सांगठनिक तथा राजनीतिक प्रतिवेदन र प्रस्तावित पार्टी विधानबारे उठेका विषयलाई अन्तिम रूप दिने विषयमा छलफल केन्द्रित बनेका जनाइएको छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति