एकता नगरेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : राजेन्द्र पाण्डे

काठमाडौँ, ६ भदौ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताएका छन् ।

पार्टी विभाजनपछि शनिबार नेकपा एकीकृत समाजवादी पार्टीको युवा संगठन धादिङको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पाण्डले माओवादीसँग एकतापछि मात्रै एमाले अहिलेको अवस्थामा पुगेको बताएका हुन् ।नेता पाण्डेले भने, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’

एउटा गुटको मात्रै नेतृत्व गरेर मनोगत ढंगले पार्टी चलाउँदा नेपालमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उनको तर्क थियो । नेता पाण्डेले एमाले अध्यक्ष ओली नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउने अभियानमा लागेपछि बाध्य भएर नयाँ पार्टी जन्माउनु परेको तर्क गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति