देशका अधिकांश स्थानमा झरी, तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौँ, ६ भदौ । मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज राति प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।आउने मंगलबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।
भाद्र ०६ गते आइतबार

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०७ गते (सोमबार)

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०८ गते (मगंलबार)

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश ,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति