अफगानिस्तानमा आफ्नो शासन स्वीकार गर्न तालिबानको आग्रह

एजेन्सी । तालिबानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा आफ्नो शासन स्वीकार गर्न अपिल गरेको छ ।

तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेको बिबिसीले जनाएको छ ।

शहिनले तालिबानी शासनमा अफगानिस्तानका महिलाको जीवनप्रति जनाइएको चिन्ता निराधार रहेको बताए । तालिबानले महिलाको काम गर्ने र पढ्न लेख्न पाउने अधिकारको संरक्षण गर्ने जनाएको छ ।

तालिबानले महिलाहरुको पढ्ने, लेख्ने र काम गर्ने अधिकार खोस्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायमा विरोध भइरहेको छ । शहीनले अफगानिस्तानको पुनर्निर्माणमा सबै देशको सहयोगको आवश्यकता रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति