सञ्चालनमा आयो भोटखोला जोड्ने कोशी राजमार्ग


किमाथाङ्का, ४ भदौ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोशी राजमार्ग सुचारु भएको छ । सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मङ्गलबार रातिदेखि अवरुद्ध भएको थियो । उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोला जोड्ने कोशी राजमार्ग आज विहानदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।


सो राजमार्ग अवरुद्ध हुँदा मकालुका केही वडा र भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको थियो । मकालु–३ का हेदाङनामा रोकिएका दर्जनौँ सवारीसाधन अहिले आ–आफ्नो गन्तव्यतिर लागेको मकालु–३ स्थानीय हित कार्कीले जानकारी दिए । सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति