एनआरएनएको १० औं विश्व सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म

काठमाडौं, ४ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ । काठमाडौंमा आयोजना हुने उक्त सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म हुनेछ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि रहने उल्लेख गरेको छ ।नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ ।प्रत्येक दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन २०७६ साल असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति