संसद् सचिवालयमा नेपालसहित १४ सांसदले हुलाकबाट पठाए निवेदन

काठमाडौँ, ४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले कारबाही गरी संसद् सचिवालयमा पठाएको पत्रअनुसार कार्यान्वयन नगर्न भन्दै माधवकुमार नेपाल समूहले हुलाकबाट निवेदन पठाएको छ । ओली समूहले आजमात्रै माधवकुमार नेपालसहितका सांसदलाई कारबाहीको सूचना टाँस गर्न भन्दै सभामुखको कार्यकक्षबाहिर धर्ना दिएका थिए ।

नेपाल समूहले भने कारबाही अघि नबढाउन भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् । पार्टी विभाजनमा लागेको भन्दै भदौ १ गते ओली समूहले १४ सांसदलाई कारबाही गरेको थियो । माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवेदन दिइसकेको छ । ओली समूहले कारबाही गरेर पठाएको पत्र सभामुख अग्नि सापकोटासमक्ष छ ।

एमाले विभाजन गरेर नयाँ दल दर्ताको लागि निवेदन दिएको माधवकुमार नेपाल समूहले संसद् सचिवालयमा गएर निवेदन दिँदा व्यक्तिगत निवेदन दर्ता नहुने र सभामुखले निर्देशन दिएमात्रै दर्ता हुने भनेर फिर्ता पठाइएको थियो । ‘अस्ति हामीले संसद् सचिवालयमै गएर निवेदन दिएका थियौँ सचिवालयले दर्ता गर्न मानेन । त्यसैले आज हुलाकमार्फत निवेदन पठाएका छौँ’ रामकुमारी झाँक्रीले भनिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति