नाम जुटाउन सकस : पार्टीको नाम लोसपा राख्ने कि लोजपा छलफल गर्दै ठाकुर समूह

काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर समूहमा नयाँ नामबारे छलफल सुरु भएको छ ।निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । त्यसैले दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भनेर छलफल सुरु भएको एक नेताले बताए । भन्छन्, ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी ९लोजपा० राख्ने भनेर छलफल गर्दैछौं ।’ जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुर पक्ष दलविहीन जस्तै थियो । तर सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल दर्ता गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर पक्षले बुधबार जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दियो ।राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति