एक सातामा सुनको मूल्य तोलामा १८ सय बढ्यो

काठमाडौं, ४ भदौ । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो ।गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा ४ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बिहीबार ११ सय ८० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ९५ रुपैयाँ तोकिएको छ । यो साता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि देखियो । तोलामा कम्तीमा ११ सय ८५ देखि अधिकतम् १२ सय ५सम्ममा कारोबार भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति