महन्थको दल दर्ता नगर्न निर्वाचन आयोगमा उपेन्द्रको निवेदन

काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलको नामसँग मिल्दो नाममा अन्य दल दर्ता नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । जसपा अध्यक्ष यादवले आफ्नो दलको नामसँग मिल्ने गरी नयाँ दल दर्ता गर्न आएको निवेदन रद्द गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

जसपा नेता प्रदीप यादवले सर्वोच्च अदालतको फैसलाले नै अरू दलसँग मिल्दोजुल्दो नाम राखेर दल दर्ता गर्न नपाइने भनेकाले सोही अनुसार गर्न आयोगलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेका महन्थ ठाकुर पक्षले सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याइदिएपछि नयाँ दल दर्ताका लागि बुधवार आयोगमा निवेदन दिएको थियो । ठाकुर पक्षले नयाँ दलको नाम जसपा (लोकतान्त्रिक) प्रस्ताव गर्दै आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति