काठमाडौं, ३ भदौ । पछिल्लो समय सेयर बजारमा ठगी धन्दा मौलाउँदो छ। गलत सुचाङ्क प्रकाशित गरेर लगानीकर्तालाई झुक्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। नियामक निकाय सकृय नहुँदा सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ्ग जस्ता गैर कानुनी गतिबिधीहरु पनि खुल्लम्खुल्ला भइरहेका छन्।
श्रावन ३० गते खानीखोला जलविधुत कम्पनीले कुल मुनाफा रु ३३।१६२ करोड भएको त्रैमासिक प्रतिवेदन निष्काशन गरे लगत्तै, श्रावन ३१ मा लाल्टिन डटकमले उक्त रिपोर्टमा हेरफेर भएको समाचार प्रकाशित गरेको थियो।उक्त प्रतिबेदनको आधारमा लगानीकर्ताहरु माझ भ्रम छरेको कारण प्रतिवेदन प्रकाशित भए देखि ३ दिन लगातार कम्पनीको सर्किट लेभलमा कारोबार भएको थियो।
विधुत नियमन आयोगले जारी गरेको सुचनाले यस मुद्दा तर्फ ध्यानाकर्षण गरेको छ। यसरी जानीजानी लगानीकर्तालाई झुक्याउने कार्य गरेकोले कम्पनी बिरुद्ध कारबाही हुने उक्त सुचनाले जानकारी दिएको छ। श्रावन ५ गते बाट भाद्र २ गते सम्म जलविधुत क्षेत्रको परिसुचकमा ३१।९१ प्रतिशत वृद्दि भएको देखिन्छ। यसैगरी खानीखोला हाइड्रोपावर कम्पनीको गत एक महिनाको मुल्य परिवर्तन हेर्दा श्रावन ३ गते २८१ रहेको यस कम्पनीको मुल्य भाद्र २ गते ५५६ पुगेर ४९० मा क्लोज भएको थियो। लाल्टिन डटकममा प्रकाशित खबरले पारेको प्रभावको कारण भाद्र २ गते भने यस कम्पनीको मुल्यमा गिरावट आएको देखिन्छ।
प्रतिक्रिया