काठमाडौँ, ३ भदौ । नेपालमा समाजवादी आन्दोलनको कार्यदिशाका बारेमा तीनजना पूर्व प्रधानन्त्रीहरुले सम्बोधन गर्ने भएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सम्बोधन गर्ने भएका हुन ।
आयोजकले एक्काईसौं शताब्दीको माक्र्सवाद र समाजवादका विषयमा अन्तक्रियाको आयोजना गरेका हुन । कार्यक्रमको प्रमुख अतिथी अध्यक्ष प्रचण्ड रहने आयोजकले जनाएको छ। बदलिँदो विश्व परिस्थितिमा समाजवादतर्फ अघि जाने मौलिक बाटोका बारेमा कम्युनिष्ट पार्टीहरुबीच मतभिन्नता रहेको छ।
यसै विषयमा छलफललाई अगाडि बढाउन आजको कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन्। कार्यक्रम आज बिहान साढे एघारबजेदेखि दिउँसो साढे दुई बजेसम्म राखिएको छ। उक्त कार्यक्रममा वामदेव क्षेत्रीद्वा लिखित कृषि र समाजवाद पुस्तक समेत विमोचन हुने तालिका छ।
प्रतिक्रिया