अफगानिस्तानका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्समा

काठमाडौँ, ३ भदौ । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देश छाडेका राष्ट्रपति असरफ घानीले संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिएका छन् ।

युएईका परराष्ट्र मन्त्रीले घानी र उनको परिवारका सदस्यलाई मानवीय दृष्टिले आफ्नो देशमा स्वागत गरिएको बताएका छन् ।तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै गत आइतबार घानीले देश छाडेका थिए ।

शुरुमा उनी भागेर ताजिकिस्तान गएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि फेरि राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सलाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको व्यक्तिगत सुरक्षा गार्डलाई उद्धृत गर्दै अल–जजीराले समाचार सार्वजनिक गरेको थियो ।

७२ वर्षीय घानीले आफू छिट्टै अफगानिस्तान फर्किनेबारे छलफल भइरहेको पनि बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।यसैवीचउनले आफूले ठूलो रकम लिएर देश छोडेको भनेर आएको खबरमा कुनै सत्यता नभएको स्पष्टीकरण पनि दिएका छन् ।
ताजकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छोड्ने बेला करिब १६.९ करोड डलर रकम पनि सँगै लिएर गएको दाबी गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति