पछिल्लो २४ घण्टा थप ३ हजार ४०३ संक्रमित, ४२ को मृत्यु

काठमाडौं, २ भदौ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।त्यस्तै, २ हजार १०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ४२ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५४ पुगेको छ। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई संक्रमण देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति