काठमाडौं, २ भदौ। नेकपा एमालेले १४ सांसदलाई पद मुक्त गर्ने निर्णयसहित बुझाएको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष पेश भएको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार एमालेको पत्र सभामुख सापकोटा समक्ष पेश गरि औपचारिक जानकारी गराएका हुन ।
एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र मंगलबार दिउँसो ४ः२० मा संसद सचिवालयमा दर्ता गरेको थियो ।
कारबाही गरिएका भनिएका प्रतिनिधसभाका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायत छन् ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको हो।
प्रतिक्रिया