बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, २ भदौ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति