सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरे ( को हुन सालेह ?)

एजेन्सी । अफगानिस्तानको अपदस्थ सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेका छन् । उनले आफू अब देशको संरक्षक राष्ट्रपति हुने बताएका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि उसको शासन सुरु हुन नपाउँदै सालेहको यस्तो घोषणा सार्वजनिक भएको हो ।

सालेहले भनेका छन्, ‘राष्ट्रपति असरफ गनी देशभन्दा बाहिर हुनुहुन्छ । त्यसैले संविधानअनुसार अब म राष्ट्रपति हुँ । म सबैसँग समर्थनको लागि अपिल गर्छु । तालिबानले राजधानी काबुलमा कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी ३ दिन पहिले देश छोडेर भागेका थिए ।

राष्ट्रपति असरफ गनी देश छाडेर भागेपछि त्यतिबेला उपराष्ट्रपछि अमरुल्लाह सालेहले पनि राष्ट्रपतिको साथमै देश छाडेको अनुमान गरिएको थियो । तर, उपराष्ट्रपति सालेहले आफू अफगानिस्तानमै भएको बताएका छन् ।

उपराष्ट्रपछि सालेह अहिले अफगानिस्तानकै पंजशीरमा भएको र त्यहाँ तालिबानविरुद्धका रणनीति बनाइँदै गरेको बताइएको छ ।

तालिबानले आफ्नो शासनकालमा सरकार प्रमुख को हुने भन्ने निर्णय अहिलेसम्म पनि नगरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति