ओलीको तानाशाहीविरुद्ध निर्मम संघर्षपछि विद्रोह गर्‍यौं – प्रचण्ड

काठमाडौं, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरुले केपी ओलीको तानाशाही र निरंकुश व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन् ।

रामवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा बुधवार विहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको फासिवादले सर्वत्र कब्जा गर्यो कि जस्तो भ्रम अब तोडिएको बताए ।

प्रचण्डले भने, ‘कम्युनिस्ट आन्दोलनमा तानाशाही,निरंकुश,व्यक्तिवादी र राष्ट्रि आत्मसर्पणवादी प्रवृति देखापर्‍यो । हामीले त्यसविरुद्ध निर्मम संघर्ष गर्‍यौं र विद्रोह गर्नै पर्ने स्थिति देख्यौं । हामीले अहिले गरेको विद्रोह नै हो ।’

केपी ओली प्रवृतिविरुद्ध विद्रोह गरेर आफूहरु रुपान्तरणको पक्षमा उभिएको र कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने प्रक्रिया जारी रहने प्रचण्डले बताए । कार्यक्रममा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले रामवृक्ष यादवको बारेमा स्मरण गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति