भारतमा थपिए ३५ हजार संक्रमित, ४४० संक्रमितको मृत्यु

काठमाडौं, २ भदौ । भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति