प्रधानमन्त्रीसँग सहमतिपछि डा. केसीको घोषित अनसन स्थगित

काठमाडौं, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएको छ । सहमतिपछि डा। केसीले आफ्नो घोषित अनसन स्थगित गरेका छन् ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने लगायतका माग राखेर डा. केसीले सत्याग्रहको घोषणा गरेका थिए ।

वार्तामा डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा जीवन क्षेत्री नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र डा अन्जनीकुमार झालगायत सहभागी थिए। साउन २२ गते विभिन्न ५ बुँदे माग राख्दै डा केसीले सरकारलाई अल्टिमेटम दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति