काठमाडौं, १ भदौ । नेकपा एमालेको संसदीय दलको बैठकले सरकारले हालै जारी गरेको अध्यादेश फिर्ता लिन माग गरेको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको बैठकले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ। यस्तै बैठकले तीन दिन भित्र संसद बैठक बोलाउनसमेत माग गरेको छ। संसद छलेर अध्यादेश ल्याउने, पार्टी फुटाउने कस्तो निकृष्टता र अलोकतान्त्रिक सरकारले अध्यादेश फिर्ता लिएर संसदको बैठक तीन दिनभित्र बोलाइनु पर्ने माग गरेको छ।
अध्यादेश फिर्ता र ३ दिनभित्र संसद बैठक बोलाउन एमालेको माग
प्रतिक्रिया