अफगानी राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर कहाँ उडे ?

काठमाडौं, ३२ साउन ।  तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनी छिट्टै अमेरिका जाने तयारीमा छन्। रसियन राजदूतावासले राष्ट्रपति घानीले चारवटा कार र एउटा हेलिकोप्टरभरि पैसा बोकेर अफगानिस्तान छाडेको बताएको छ। रसियन राजदूतावासका प्रवक्ता निकिता इस्चेंकोले भनेका छन्, ‘चारवटा कार पैसाले भरिएका थिए। उनीहरू हेलिकोप्टरमा पनि पैसा राख्दै थिए, तर सबै पैसा त्यसमा अटाएन र नअटाएको पैसा विमानस्थलको सडकमा छाडेर गए।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति