अफगान संकटबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै


काठमाडौं, ३२ साउन । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता हातमा लिएपछि आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । भारतले अध्यक्षता गर्ने बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने जनाइएको छ ।

अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस भैरहेको बेला परिषद्को बैठक अर्थपूर्ण हुनसक्छ ।बेलायतले तालिवान सरकारलाई मान्यता दिन नसकिने बताइसकेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार राती काबुलको पछिल्लो अवस्थाबारे प्रेसमिट गरेका थिए ।सुरक्षा परिषद्को अर्को सदस्य मुलुक चीन भने अफगानिस्तान मामिलामा अहिले पूर्णतः मौनजस्तै छ । गत महीना तालिवान नेताहरुलाई स्वागत गरेको चीनको अहिलेको मौनतालाई पनि अर्थपूर्ण हेरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति