भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट छन् : मोदी

काठमाडौ, ३२ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–नेपालका जनता साझा साँस्कृतिक र भाषिक सम्बन्धले एकजुट रहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा आज आफ्ना समकक्षी मोदीलाई ट्वीटरमार्फत दिएको शुभकामना तथा बधाईको प्रतिक्रियामा मोदीले सो कुरा बताएका हुन् ।

उनले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामनाको लागि धन्यवाद दिन्छु । भारत र नेपालका जनता हाम्रो साझा सांस्कृतिक, भाषिक, धार्मिक र पारिवारिक सम्बन्धद्वारा एकजुट छन् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति