मेस्सीबिना नयाँ सिजनमा बार्साको विजयी सुरुवात

काठमाडौं, ३२ साउन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।आइतबार राति रियल सोसीडाडलाई ४-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुवात गरेको हो ।

स्टार खेलाडी लियोनेल मेस्सीबिना बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

जेरार्ड पिकेले खेलको १९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले दुई गोल थप्दै बार्सिलोनाको अग्रता फराकिलो बनाए । उनी ला लिगामा एकै खेलमा २ गोल गर्ने पहिलो डेनिस खेलाडी बने ।

तर, त्यसपछि जुलेन लोबेटे र मिकेल ओयारजाबालले गोल गर्दै सोसिडाडले खेल ३–२ को स्थिति ल्याउन सफल रह्यो । तर, इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

उता, साबिक विजेता एथ्लेटिको म्याड्रिडले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । दुवै टोली १० खेलाडीमा सीमित भएको खेलमा एथ्लेटिको २–१ गोलले विजयी बन्यो ।

एथ्लेटिकोको जीतमा दुवै गोल एन्जल कोरेयाले भने सेल्टाका लागि इयागो आसपासले पेनाल्टीमार्फत गोल गरेका थिए ।

उता, आइतबार नै भएको खेलमा सेभियाले रायो भायोकानोलाई ३–० गोलले हरायो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति