पूर्वराष्ट्रपति ट्रम्पले मागे राष्ट्रपति बाइडेनको राजीनामा

काठमाडौं, ३२ साउन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् ।बाइडनले अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले राजीनामा मागेका हुन् ।ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ बाइडनले यदि आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ हुने थियो भनेका छन् ।यस्तै बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । यद्यपि अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हालेपछि सार्वजनिक भएको थियो ।बीबीसीका उत्तरी अमेरिका सम्पादक जोन सोपेलले लेखेका थिए । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने नीति ट्रम्पको थियो तर यस अराजकताको जिम्मेवारी बाइडनले लिनुपर्छ ।अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनासाथ तालिबानले अफगानिस्तान कब्जा गर्ने क्रमलाई तीव्रता दिएको थियो । यस घटनापछि बाइडनको आलोचना हुँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति