काबुल, ३२ साउन । राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् ।
अफगानिस्तानको यो नाम अमेरिकाले आफ्नो सहयोगमा सरकार बनाउनुअघि चल्तीमा थियो ।एक तालिवानी सैन्य कमान्डरले राष्ट्रपति कार्यालयबाटै आफूसँग यस्तो घोषणा गर्ने तयारी भैरहेको बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।
राष्ट्रपति कार्यालय कब्जा गरेसँगै तालिवानी विद्रोहीले सरकार गठन गर्ने संकेत गरेका छन् । काबुलबाट सार्वजनिक भएका भिडिओ र तस्विरमा काबुल विमानस्थलमा देश छाड्नेको ताँती देखिन्छ ।
आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति ताजिकिस्तान भागेका छन् ।अमेरिका लगायत उसका पश्चिमा साझेदार मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन् । भारतले एयर इन्डियाको बिमानबाट आफ्ना २०० नागरिकलाई अघि साँझ दिल्ली लगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अहिले काबुल विमानस्थलको अवस्था तनावग्रस्त छ । त्यहाँ आगलागी भएको र गोली चलेको खबर पनि आइरहेका छन् ।
प्रतिक्रिया